Skip to main content

Consultation has concluded

सिटी अफ क्यानटरबरी बैङ्कस्टाउन (काउन्सिल) ले एन.एस.डब्ल्यू. सरकारको Festival of Place Open Streets program अन्तर्गत प्राप्त हुने आर्थिक सहायतामा सन्‌ 2022 मे महिनामा क्याम्पसी टाउन सेन्टरमा सामुदायिक कार्यक्रम/महोत्सव आयोजना गर्न गइरहेको छ।

यस कार्यक्रमको उद्देश्य नयाँ आगन्तुकहरूलाई केन्द्रमा आकर्षित गर्नु र स्थानीय व्यवसाय तथा व्यापारीहरूका कारोबारमा वृद्धि ल्याउनु हो, साथै त्यसक्रममा स्थानीय बासिन्दाहरू र फेस्टिभलमा जानेहरूलाई ट्राफिक मुक्त सप्ताहन्त-भरिको (weekend-long) उत्सव प्रदान गर्नु हो।

यस कार्यक्रममा संगीत र नृत्य प्रदर्शन, घुमन्ते ब्यान्ड र सडक कलाकार, आउटडोर अल्फ्रेस्को खाना, अतिरिक्त आउटडोर फर्निचर र अन्य गतिविधिहरूका लागि स्टेजहरू समावेश हुनेछन्।

प्रस्ताव

यस शहरकालागि यो एक नवीन कार्यक्रम हुनेछ, जुन क्याम्पसी टाउन सेन्टरमा शनिबार २१ मे २०२२ र आइतबार २२ मे २०२२ मा दुई दिनकालागि आयोजना हुनेछ।

क्याम्पसी स्ट्रीट फेस्टिभल हुने समय शनिबार र आइतबार (दुवै) का लागि बिहान ११ बजेदेखि ८ बजेसम्म हुनेछ र प्रस्तावित कार्यक्रम स्थलमा निम्न कुरा समावेश हुनेछ:

  • South Parade र Evaline Street बीचको Beamish Street;
  • Beamish St र Amy Lane को Amy Street ;
  • Anzac Mall, Anzac Park र Anzac Square को एक खण्ड; र
  • Anzac Square र Lilian Lane बीच Dewar Street।

सडक बन्द: यो आयोजना स्थलको लागि सडकमार्गका केही भागहरू सवारीहरूका लागि बन्द गर्नु आवश्यक छ र यसले

उक्त सेन्टरको पार्किङ्गमा प्रभाव पार्नेछ। व्यापारधनी तथा सञ्चालकहरूका लागि, यी सडकहरू बन्द हुनाले सामानको आपूर्ति र वितरणमा प्रभाव पर्नेछ।

ट्राफिक डिटुर (detour): Beamish Street को सवारी ट्राफिकलाई तल बिस्तृतरूपमा प्रस्तुत गरिए अनुसार South Parade, Duke Street र Evaline Street तर्फ डिटुर गरिनेछ।

सञ्चालन समय: सडक बन्द र Beamish Street डिटुर शुक्रबार २० मे बिहान ८ बजेदेखि सोमबार २३ मे २०२२ को बिहान ५ बजेसम्म रहनेछ।

Who's listening

If you have questions or want to learn more about the event, please contact the Council officers listed below.

Email haveyoursay@cbcity.nsw.gov.au
In writing

By post to Mr Matthew Stewart, General Manager, City of Canterbury Bankstown PO Box 8, Bankstown NSW 1885

Graham Humphrys

Graham Humphrys

Community Engagement Officer

City of Canterbury Bankstown

Phone: 02 9707 9602

Proudly funded by NSW Government

The City of Canterbury Bankstown acknowledges the traditional custodians of the land, water and skies of Canterbury-Bankstown, the Darug (Darag, Dharug, Daruk, Dharuk) People. We recognise and respect Darug cultural heritage, beliefs and relationship with the land. We acknowledge the First Peoples’ continuing importance to our CBCity community.

Contact us

Our friendly Customer Service Call Centre is open Monday to Friday 8.30am-5pm to assist with all enquiries.

Phone 9707 9000
Email council@cbcity.nsw.gov.au
Website www.cbcity.nsw.gov.au/

Social links